बरंजा भूतपूर्व विद्यार्थी क्लवको आयोजनामा विद्यालय स्तरीय लोकगीत प्रतियोगिता सम्पन्न भएको छ ।
गणतन्त्र दिवसको अवसरमा म्याग्दी मंगला गाउँपालिका -३, बरंजा आर्भाङ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा आयोजना गरिएको लोकगीत प्रतियोगिता क्लवका अध्यक्ष प्रकाश सापकोटाको सभापतित्व तथा महेन्द्र रत्न माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण ब. थापा (बिलभ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

क्लवका सचिव गणेश केसीको संचालन रहेको कार्यक्रममा विशिष्ट अतिथिमा प्रअ कृष्णलाल सापकोटा , अतिथिमा महेन्द्र रत्न आधारभूत बिद्यालयका प्रअ चित्र रोका, सनसाई बोर्डिङका शिक्षक मेख घर्ती , बिद्यालयका शिक्षक लगायत कर्मचारीहरु रहेका थिए । प्रमुख अतिथि, विशिष्ट अतिथिले ब्यानर अनावरण गरि कार्यक्रमको उद्घान गरिएको थियो । क्लवका सह-सचिव खगेन्द्र सापकोटाले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा कृष्णलाल सापकोटा, नरदेवी रोका, केशवराज सुवेदी र राजेन्द्र आचार्य रहेका थिए । भने बाद्यबादन संयोजनमा बुद्दि घर्ति र प्रकाश सापकोटा थिए ।

प्रतियोगितामा मंगला गाउँपालिका -३ र ४ मा रहेका विद्यालय बाट ११ टिमको सहभागिता रहेको थियो । जनप्रिय आधारभूत बिद्यालय खर्कका कन्चन दगाईपुन र अस्मिता सापकोटाको समूह प्रथम , महेन्द्र रत्न माबी आर्भाङका लक्ष्मी आचार्यको समूह द्वितीय , रोजिन नेपाली तृतीय र सरिना बिक र बिपना चोचाङ्गेको समूह सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनेलाई कपि, कलम र प्रमाणपत्र साथै सहभागी सबै बिद्यार्थीलाई प्रोत्साहन स्वरुप कलम कपी वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथिले मन्तव्य राख्ने क्रममा बिद्यालयको कार्यक्रममा हातेमालोको गरी बिद्यार्थीको प्रतिभालाई प्रोत्साहन हुने कार्यक्रम आयोजना गरेकोमा क्लवलाई धन्यवाद दिएका थिए । क्लब सचिव गणेश केसीले यसै बर्ष जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने तयारी रहेको जानकारी दिएका छन । कार्यक्रममा प्राविधिकका रुपमा क्लब सदस्य गणेश श्रेष्ठले साथ दिएका थिए ।अन्त्यमा कार्यक्रमको सभापति प्रकाश सपकोटाले कार्यक्रम भव्यता साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं कार्यक्रमको समापन गरेका थिए ।