Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६ वर्षपछि रिहा भए रेशम - टीकापुर घटना पुनः छानबिन हुनुपर्छ

६ वर्षपछि रिहा भए रेशम - टीकापुर घटना पुनः छानबिन हुनुपर्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०८० सोमवार • १०:२२:४१ बजे
  • 541
    SHARES
  • ६ वर्षपछि रिहा भए रेशम - टीकापुर घटना पुनः छानबिन हुनुपर्छ

    टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशम चौधरी कारागारबाट रिहा भएका छन् ।

    images

    गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएपछि उनी आज बिहान कारागारबाट रिहा भएका हुन् । रिहा भएलगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताएका छन्। उनले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन् ।

    उनलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन् । रञ्जिता उनकी पत्नी पनि हुन् । रिहा भएका रेशम चौधरीलाई सिधै घर लैजाने तयारी रहेकाे नागरिक उन्मुक्ति पार्टीले जानकारी दिएको छ ।

    ६ वर्षपछि जेलबाट निस्किए रेशम चौधरी

     टिकापुर हत्या काण्डमा जेल जिवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटेका छन् ।

    काठमाडौंस्थित डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका पूर्वसांसद समेत रहेका चौधरीलाई गणतन्त्र दिवसरको अवसर पारेर राष्ट्रपतिले आम माफी दिएसँगै उनी ६ वर्षपछि आज रिहा भएका हुन् ।

    उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतम लगायत नेता कार्यकर्ता, शुभेच्छुक बाजागाजा र फुलमालासहितकारागार पुगेका थिए ।


    टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आम माफी दिएका थिए ।

    राष्ट्रपतिले थप ४ सय ८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन् । टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ । टीकापुर घटनामा दोषी ठहर भएका रेशमसहित ५ जना हाल कारागारमा छन् ।

    रेशम काठमाडौंमा छन् भने प्रदीप चौधरी, हरिनारायण चौधरी र वीरबहादुर चौधरी कैलालीमा कारागारमा र नाबालक श्रवण चौधरी पोखरा सुधार गृहमा छन् ।

  • सम्बन्धित विषय:

  • # छानबिन हुनुपर्छ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology