Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री

विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०८० सोमवार • १४:२३:४२ बजे
  • 490
    SHARES
  • विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

    images

    १६ औँ गणतन्त्र दिवसका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताए ।

    उनले संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम र वितृष्णा छर्ने प्रयास कदापि सफल नहुने पनि बताए ।

    प्रधानमन्त्री प्रचण्डले मुलुकमा सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन सबैमा अपिल गरे ।

    उनले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र जनताको समान एवं अविचलित धारणा हुन सकेमात्र मुलुकलाई अघि बढाउँदै राष्ट्रिय एकताको जगलाई बलियो बनाउन सकिने धारणा राखे ।

    उनले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्था अभिष्ट पूरा गर्नतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिटै अतिकम विकसित राष्ट्रबाट विकासिल र विकसित राष्ट्रमा रुपान्तरण गर्न सरकारको ध्यान केन्द्रीत रहेको उल्लेख गरे ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology