Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०८० मंगलवार • १४:१६:४० बजे
  • 781
    SHARES
  • २४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा मंगलबार सनुको मूल्य बढेको छ ।

    images

    आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

    आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology