Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भाइरल फोटोमा ओलीको कटाक्ष : त्यति सुन म बोक्न पनि सक्दिनँ

भाइरल फोटोमा ओलीको कटाक्ष : त्यति सुन म बोक्न पनि सक्दिनँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०८० बुधवार • १५:१३:१५ बजे
  • 859
    SHARES
  • भाइरल फोटोमा ओलीको कटाक्ष : त्यति सुन म बोक्न पनि सक्दिनँ

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा छाडापन र विकृति बढ्दो रहेको बताएका छन् ।

    images

    बुधबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शिक्षित मानिसहरु नै छाडा र विकृति भित्र्याउन लागिपरेको बताए । ‘हाम्रो देश विचित्रको स्थितिमा पुगेको छ ।

    दुनियाँमा छाडापन हेर्नपर्छ भने यहीँ देशमा देखिन्छ । नेपालमा जति छाडा र विकृति अहिले दुनियाँका कुनै देशमा छैन कि जस्तो लाग्छ’, अध्यक्ष ओलीले भने, ‘युट्युब खोलेर हेरिसक्नु छैन ।

    खोल्यो भने कुनामा गएर हेर्नुपर्ने हुन्छ ।’ उनले सभ्यताको सुरुवात भएको नेपाल धर्तीमा विकृति थुपारेर नेपालको संस्कृतिमाथि नै प्रहार भएको बताए ।

    ‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका बोकी नसक्नु ! त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा आमाले सानैमा दिएको औंठी चार दिनजति लगाएँ’, ओलीले आफ्नो फोटोमा सुनैसुन लगाएको बनाएर सामाजिक सञ्जालमा आएकोमा कटाक्ष गरे ।

    ‘आमाले दिएको त्यो औँठी लाएपछि आमा पटक पटक सम्झने र हडबड भएपछि तीन चार दिनपनि लगाउन सकिनँ । पछि त्यसबाहेक एउटा साथीले दिएको एकदिन जति लगाएँ ।

    यति साहे झुट, यत्रो मेहनत गरेर कस्तो घटिया नियत होला ?’, ओलीको भनाइ छ । कलाकार जीवन थापा लगायतका ७० भन्दा बढी कलाकर्मीहरू एमाले प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष ओलीले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology