Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री प्रचण्डलाई राज्यमन्त्री लेखीद्वारा भारतमा स्वागत

प्रधानमन्त्री प्रचण्डलाई राज्यमन्त्री लेखीद्वारा भारतमा स्वागत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०८० बुधवार • १६:४०:२४ बजे
  • 958
    SHARES
  • प्रधानमन्त्री प्रचण्डलाई राज्यमन्त्री लेखीद्वारा भारतमा स्वागत

    बुधबार चारदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डको टोली दिल्लीस्थित विमानस्थलमा ओर्लदा लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा स्वागत गर्न पुगेका थिए ।

    प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे राजदूत शंकर शर्माले औपचारिक जानकारी दिए । प्रधानमन्त्री प्रचण्डलाई विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेको भन्दै ट्विटरमार्फत् उनले जानकारी दिएका छन् ।

    सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री प्रचण्ड बुधबार चारदिने भारत भ्रमणमा निस्केका हुन् । गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।

    यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology