Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भोलिदेखि विराटनगर भन्सार यार्डसम्म कार्गो रेल आउने

भोलिदेखि विराटनगर भन्सार यार्डसम्म कार्गो रेल आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०८० बुधवार • १७:३०:४७ बजे
  • 418
    SHARES
  • भोलिदेखि विराटनगर भन्सार यार्डसम्म कार्गो रेल आउने

    विराटनगरको एकीकृत भन्सार जाँचविन्दु (आईसीपी)मा निर्माण भएको रेल्वे यार्डसम्म नै बिहीबारदेखि कार्गो रेल सञ्चालन हुने भएको छ ।

    images

    चारदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीमा कष्टम यार्डको संयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल सञ्चालनको अनुमति दिने तयारी गरेको हो । विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालका अनुसारभन्सार यार्डसम्म कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगका कच्चा पदार्थ र उत्पादित वस्तुको आयात निर्यात कार्गो रेलबाट हुनेछ ।

    उद्घाटनको दिन फलाम उद्योगको कच्चा पदार्थ कार्गो रेलबाट आयात गर्ने उद्योगीको तयारी छ । यसअघि पनि फलाम उद्योगका कच्चा पदार्थ रेलबाट आयात वथनाहसम्म ल्याएर त्यहीं अनलोड गरेर ट्रक मार्फत भन्सार यार्ड ल्याउने गरिएको ढकालले बताए । अब भने भन्सारसम्मै कार्गो रेलबाट आयात हुनेछ ।

    भन्सार यार्डसम्म कार्गो रेल सेवा सुरु भएपछि औद्योगिक कच्चा पदार्थको ढुवानीमा कम्तीमा ४० प्रतिशत लागत न्यून हुने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको भनाइ छ । उनले भने, ‘ट्रक र कन्टेनरमा औद्योगिक कच्चा पदार्थ आयात गर्दा महँगो ढुवानी खर्च तिर्नुपर्दा उत्पादन लागत बढी पर्दथ्यो ।

    कार्गो रेलबाट कच्चा पदार्थ ढुवानी हुँदा खर्च कम भई औद्योगिक उत्पादनको लागत पनि कम हुन्छ ।’ सुनसरी मोरङ औद्योगिक करिडोरमा साना ठूला गरेर पाँच सय उद्योग छन् । भारतको बथनाहदेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर लम्बाई रहेको ब्रोडगेज रेल्वे मार्ग करिब चार अर्ब भारुको लागतमा भारतको इरकोन कम्पनीले सन् २०११ मा निर्माण सुरु गरेको थियो ।

    सन् २०१७ मा निर्माण सकिनु पर्ने उक्त योजना नेपाल पक्षको कमजोरीका कारण अहिले पनि अधुरै छ । भारतको बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित कष्टम यार्डसम्मको साढे सात किलोमिटर दूरीको रेल मार्गमा पहिलो पटक २०७६ कात्तिकमा लिग परीक्षण गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology