Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीको भारत भ्रमण : पहिलो दिन के-के भए ?

प्रधानमन्त्रीको भारत भ्रमण : पहिलो दिन के-के भए ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०८० बिहिवार • ०९:४४:४७ बजे
  • 556
    SHARES
  • प्रधानमन्त्रीको भारत भ्रमण : पहिलो दिन के-के भए ?

    चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारतमा छन् ।

    images

    भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी यहि जेठ १७ गते नेपाल एयरलाइन्सको नियमित उडानमार्फत जम्बो टोलीसहित नयाँ दिल्ली पुगेका हुन् । उनी भ्रमणको पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएका छन् ।

    बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्रीलाई भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरे ।

    प्रधानमन्त्री प्रचण्डको स्वागतमा विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शन गरिएको थियो । प्रचण्डको स्वागतमा नयाँदिल्लीका सडकसहित प्रमुख स्थलमा उनका फोटोअंकित स्वागत गेट, ब्यानर र होडिङ बोर्ड राखिएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल होटल मौर्यमा बसेको छ ।

    प्रधानमन्त्री प्रचण्ड बसेको होटलमा पुगी बुधबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शिष्टाचार भेट गरे । सो भेटमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रा पनि सहभागी थिए ।

    उक्त भेटघाटलगत्तै प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भए । सो अवसरमा प्रधानमन्त्रीले भारत भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology