Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड गएकै दिन रवि लामिछाने किन गए भारत ?

प्रचण्ड गएकै दिन रवि लामिछाने किन गए भारत ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०८० बिहिवार • १०:१२:१७ बजे
  • 916
    SHARES
  • प्रचण्ड गएकै दिन रवि लामिछाने किन गए भारत ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन रास्वपाका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका हुन् ।

    रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् । प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारीक भ्रमणका लागि भारत गएका छन् ।

    उनले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहको छ । उनले भारत भ्रमणको क्रममा विभिन्न व्यक्तित्वहरुसँग भेटवार्ता गरी दुई देशबीच सहकार्य र समझदारीहरु गर्ने कार्यक्रम रहेको छ ।

    उनको भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।

  • सम्बन्धित विषय:

  • # लामिछाने किन गए भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology