Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत भ्रमण परिणाममुखी भएको छ : प्रधानमन्त्री

भारत भ्रमण परिणाममुखी भएको छ : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८० शनिवार • २०:२४:५५ बजे
  • 733
    SHARES
  • भारत भ्रमण परिणाममुखी भएको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण परिणामुखी भएको बताएका छन् ।

    images

    चारदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले यस पटकको भारत भ्रमण विगतको भन्दा भिन्न र परिणामुखी भएको बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले आफूले सोचेजस्तै भारत भ्रमण भएको समेत बताए । उनले नेपालमा निर्माणाधीन जलविद्युत् तथा सडकजस्ता ठूला विकास परियोजनाका लागि अतिआवश्यक पर्ने विस्फोटक पदार्थको सरल र सहज आपूर्तिका लागि भारतीय समकक्षी नरेन्द्र मोदीसँग सकारात्मक कुराकानी भएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत् तथा सडक जस्ता ठूलो परियोजनाका लागि आवश्यक विस्फोटक पदार्थको सरल र सहज आपूर्तिको विषयमा मैले भारतीय प्रधानमन्त्री मोदीजीसँग सकारात्मक कुरा गरेको छु ।’

    उनले विभिन्न मुख्य सात वटा सम्झौतामा हस्ताक्षर भएको बताउँदै भने, ‘सीमा विवाद समस्या समाधान गर्ने जस्ता विषयमा पनि छलफल भएको छ ।’

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology