Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नागरिकता विधेयक पारित हुनु महत्वपूर्ण उपलब्धी- माधव नेपाल

नागरिकता विधेयक पारित हुनु महत्वपूर्ण उपलब्धी- माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०८० आइतवार • १०:१२:५० बजे
  • 1.7K
    SHARES
  • नागरिकता विधेयक पारित हुनु महत्वपूर्ण उपलब्धी- माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक पारित हुनुलाई महत्वपूर्ण उपलब्धीको रूपमा लिनुपर्ने बताएका छन् ।

    images

    पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले सिड्नीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले नागरिकता विधेयकको गलत ब्याख्या गरिन नहुने जिकिर गर्दै अधिकारका लागि नागरिकता प्राप्ती महत्वपूर्ण उपलब्धि रहेको बताए ।

    उनले प्रवासी नेपालीको माग अनुसार नै एक पटकको नेपाली सधैको नेपालीको पहिलो खुटकीलोका रूपमा समेत यसलाई लिनुपर्ने बताए । उनले रेशम चौधरीको रिहाइ कानुन अनुसार गरिएको निर्णय भएकोले आफूले यस विषयमा थप केही बोल्नु नपर्ने बताए ।

    उनले आफू भ्रष्ट्राचार विरोधी रहेको पटक पटक दोहोर्‍याउँदै सुशासनको अभावमा मुलुकमा भ्रष्ट्राचार मौलाएको तर्क गरे। उनले मुलुकमा पछिल्लो समय धेरै परिवर्तन भएको भन्दै व्यवस्था सँगसँगै अवस्था पनि बदलिएको जिकिर गरे।

    विदेशमा बस्ने नेपालीको देशप्रतिको चिन्ता जायज रहेको भन्दै उनले सबैको सुझाब र सहयोगको अपेक्षासमेत राखे। कार्यक्रममा संचारकर्मी र समुदायका अगुवाले राखेका बिविध प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री नेपालले विदेशमा सिकेको शिप र ज्ञानलाई नेपाल लैजान सके देशले ठूलो सफलता पाउने आशा राखे।

    पछिल्लो समय विदेशबाट फर्किएका कयौं युवाहरू आधुनिक कृषि, उद्योग र व्यवसायमासमेत संलग्न भइरहेको भन्दै यसलाई आफूले शुभ शंकेतको रूपमा लिएको बताए। एक सातादेखि अष्ट्रेलिया भ्रमणमा रहेका अध्यक्ष नेपाल भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology