Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ

प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०८० आइतवार • २०:४७:०३ बजे
  • 766
    SHARES
  • प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ

    नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल भएको बताएका छन् । भ्रमणको क्रममा दुवै देशबीच पारवहन, सीमा, ऊर्जालगायत महत्त्वपूर्ण सहमति भएको गुरुङले बताए ।

    images

    आइतबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले भने, “सापेक्षित रुपमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको छ । सीमा, पारवहन, ऊर्जासहित सात बुँदे सहमति भएको छ ।

    यो उपलब्धिमूलक हो । यसबाट दुवै देशले फाइदा लिन सक्नुपर्छ ।” कार्यक्रममा बोल्दै गुरुङले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको अर्को विकल्प नभएको बताए ।

    सांसदबाट पारित भइसक्दा पनि अघिल्लो राष्ट्रपतिले नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु स्वाभाविक भएको गुरुङले दाबी गरे । उनले २०७२ सालमै संविधानमा गरिएको व्यवस्था अनुसार विधेयक आएको बताए ।

    राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउन केही समूहले गणतन्त्रको विरोध गरेको गुरुङले बताए । राष्ट्रियतालाई कमजोर बनाएर अस्थिरता निम्त्याउन चाहने वित्तीय दलाल पुँजीपति वर्गको स्वार्थको लागि गणतन्त्रको केही समूहले विरोध गरेको गुरुङले बताए ।

    कसैले चाहँदैमा गणतन्त्र उल्टिन नसक्ने भन्दै गुरुङले सबै मिलेर वित्तीय एकाधिकार पुँजीबाट देशलाई मुक्त लाग्नुपर्नेमा जोड दिए । यसैगरी गुरुङले सरकारले साहस गरेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको पनि बताए ।

  • सम्बन्धित विषय:

  • # देव गुरुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology