Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्रिपरिषद् पुनर्गठन गर्ने दबाबमा प्रधानमन्त्री ओली

मन्त्रिपरिषद् पुनर्गठन गर्ने दबाबमा प्रधानमन्त्री ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७७ शनिवार • ०८:५५:२८ बजे
  • 4.2K
    SHARES
  • मन्त्रिपरिषद् पुनर्गठन गर्ने  दबाबमा प्रधानमन्त्री ओली
     प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे ।

    उनले बैठकमा मन्त्रीमध्ये कसैलाई असफल बनाएर हटाउन लागिएको नभई ‘केही साथीलाई बिदा गर्नुपर्ने बाध्यता आउन सक्ने’ भनाइ राखेका थिए । ‘पार्टीको निर्णय कार्यान्वयन गर्ने अवस्था आएको छ । तपाईंहरू कोही कसैले अन्यथा नमान्नुहोला । कुनै पनि बेला हामीमध्ये केही साथीहरू मन्त्रिपरिषद्बाट बिदा हुनुपर्ने अवस्था आउन सक्छ’, एक मन्त्रीले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भने ।

    images

    ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले कोही असफल भएर हट्नुपर्ने बाध्यता नभएको तर पार्टीको निर्णय कार्यान्वयन गर्दा हेरफेर हुनसक्ने बताएका थिए । निकै लामो समयसम्म सञ्चालित बैठकमा प्रधानमन्त्रीले निकै बेर आफ्ना कुरा राखेका थिए । ‘प्रधानमन्त्रीज्यू विषयमा धेरै बेर आफ्ना धारणा राख्नुहुन्छ त्यही भएर पनि बैठक ढिलासम्म भएको हो’, एक मन्त्रीले भने

    मन्त्रिपरिषद् बैठक बस्नुअगाडि दिउँसो नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच तीन घण्टा छलफल भएको थियो । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति भएको स्रोतले बतायो । तत्काललाई अर्थमन्त्री नियुक्त नगरी बाँकी मन्त्रालयमा रहेका मन्त्री हेरफेर तथा नयाँलाई जिम्मेवारी दिने तयारी भइरहेको स्रोतको दाबी छ ।

    नेकपाको आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको थियो । पार्टीभित्रको आन्तरिक विवाद साम्य पार्न र नेताहरूलाई सन्तुलनमा राख्न मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई छ । पार्टीको समस्या समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्री हेरफेर गर्नुपर्ने सुझाव दिएको थियो । नागरिक दैनिकबाट

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology