Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म धर्मनिरपेक्षवादी हुँ, सबै धर्मलाई सम्मान मान्यता दिनुपर्छ : प्रधानमन्त्री

म धर्मनिरपेक्षवादी हुँ, सबै धर्मलाई सम्मान मान्यता दिनुपर्छ : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०८० सोमवार • १७:३७:२१ बजे
  • 796
    SHARES
  • म धर्मनिरपेक्षवादी हुँ, सबै धर्मलाई सम्मान मान्यता दिनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू धर्मनिरपेक्षवादी भएको बताएका छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा राज्यले कुनै धर्मलाई नजिक र टाढा बनाउन नहुने बताए । ‘म सिद्धान्त र प्रष्ट म धर्मनिरपेक्षवादी हुँ । सबै धर्मलाई सम्मान मान्यता दिनुपर्छ ।

    राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउन हुँदैन भन्ने पक्षको हुँ म’, प्रधानमन्त्री प्रचण्डले भने ।

    प्रधानमन्त्री प्रचण्डले जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्ने बताउँदै कुनै पनि पार्टी, नेता र राजनीतिज्ञले जनताको धार्मिक आस्थालाई अपमान गर्नु नहुने बताए । ‘जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ ।

    जुनसुकै धर्म सम्प्रदायको जनताामा पनि उनीहरुको आस्थालाई अपमान हुने काम चाहिँ पार्टीहरुले नेताहरुले, राजनीतिज्ञले गर्नु हुँदैन मान्यतामा पनि म दृढ छु’, प्रधानमन्त्री प्रचण्डले भने ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology