Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने

माओवादी केन्द्रले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०८० मंगलवार • १३:४७:४७ बजे
  • 1.1K
    SHARES
  • माओवादी केन्द्रले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने

    नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    images

    सोमबार सरकारबाट बाहिरिने निर्णय गरेको माओवादीको आज बिहान बसेको प्रदेश संसदीय दलको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो ।

    माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’का अनुसार बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन दिएको छ । कोशी सरकारमा माओवादीबाट दुई जना मन्त्री छन् ।

    दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । त्यस्तै माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ ।

    सरकार गठनका लागि पहल गर्न अध्यक्ष नेम्वाङको नेतृत्वमा समिति पनि बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology