Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेमा ७० वर्षे उमेरहद हटाइयो

एमालेमा ७० वर्षे उमेरहद हटाइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०८० बुधवार • १०:४६:४० बजे
  • 508
    SHARES
  • एमालेमा ७० वर्षे उमेरहद हटाइयो

    नेकपा एमालेले पार्टी विधानमा भएको ७० वर्षे प्रावधान हटाएको छ ।

    images

    एमालेले अन्तर पार्टी निर्देशन जारी गर्दै कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेरहद हाललाई हटाइएको जानकारी दिएको हो ।

    ‘पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद हाललाई निलम्बन गर्ने,’ अपानिमा भनिएको छ । एमालेमा गएको विधान महाधिवेशनले ७० वर्षे प्रावधान राखेको थियो ।

    यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर चुनाव जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान महाधिवेशनले गरेको थियो । तर, अहिले भने उक्त व्यवस्था हटाईएको छ ।

    एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीमा ल्याउन उक्त निर्णय गरिएको बुझिएको छ । उनी उमेरले ७१ वर्ष नाघिसकेको एमालेका एक नेताले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology