Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिका उडेको एयर इन्डियाकाे जहाज रुसमा आकस्मिक अवतरण

अमेरिका उडेको एयर इन्डियाकाे जहाज रुसमा आकस्मिक अवतरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०८० बुधवार • १०:५०:०३ बजे
  • 592
    SHARES
  • अमेरिका उडेको एयर इन्डियाकाे जहाज रुसमा आकस्मिक अवतरण

    अमेरिकाका लागि उडान भरेको एयर इन्डियाको बिमान आकस्मिक रुपमा रुसमा अबतरण भएको छ ।

    images

    सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको विमानले रुसमा आपतकालीन अवतरण गरेपछि स्थितिलाई नजिकबाट नियालिरहेको अमेरिकाले जनाएको छ। टाटा समूहको स्वामित्वमा रहेको उक्त बिमान एआई १७३ को इन्जिन फेल भएकाले रुसको मगदानतर्फ डाइभर्ट गरिएको थियो । दुई सय १६ यात्रु र १६ जना चालक दलका सदस्य सवार विमान सकुशल अवतरण भएको छ । सो विमानले मंगलवार दिल्लीबाट उडान भरेको थियो ।

    अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘रुसमा आकस्मिक अवतरण गरेको तथा अमेरिकी उडान भरेको सो बिमानका बारेमा जानकार छौं। हामीले सो स्थितिलाई नजिकबाट नियालिरहेका छौं। यद्यपि, म यसको पुष्टि गर्न असमर्थ छु कि सो बिमानमा कति अमेरिकी नागरिकहरू थिए रु’ यद्धपी, सो बिमानमा रहेका अमेरिकी नागरिकका बारेमा जानकारी लिने काम भने भईरहेको छ ।

    उनले पटेलले अगाडी भने, ‘यो उडान अमेरिकाको लागि उडेको थियो। त्यसैले, निश्चित रूपमा त्यो जहाजमा अमेरिकी नागरिक रहेको सम्भावना रहन्छ तर एयर इन्डियाले यात्रुहरूलाई गन्तव्यमा लैजान अर्को उडान पठाउँदैछ।’ उनका अनुसार सबन्धित एयरलाइन्सले नै सो बारेमा सही जानकारी दिन सक्छ ।

    उता, एयर इन्डियाका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, ‘एयर इन्डियाले अब म्यागादानबाट सान फ्रान्सिस्कोको लागि जुन ८ मा वैकल्पिक उडान सञ्चालन गर्नेछ, एआई १७३ का सबै यात्रुहरू र चालक दललाई लिएर सो बिमान उडनेछ, हाल म्यागादानका स्थानीय होटलहरूमा यात्रुहरुलाई सुरक्षित राखिएको छ।’

    उनका अनुसार यात्रुलाई चाँडोभन्दा चाँडो गन्तव्यमा पुर्‍याउने प्रयासमा प्राधिकरणले एयरलाइन्सलाई सहयोग गरिरहेको बताए। विमान (बोइङ ७७७) को चेकजाँच भइरहेको र यात्रुलाई विमानस्थलमा सबै खाले सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रुसमा आकस्मिक अवतरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology