Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘अखण्ड भारत’ नक्साबारे भारतको जवाफ- राजनीतिक रूपले हेर्नु हुँदैन (पूर्णपाठ)

‘अखण्ड भारत’ नक्साबारे भारतको जवाफ- राजनीतिक रूपले हेर्नु हुँदैन (पूर्णपाठ)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०८० बुधवार • १५:१२:१३ बजे
  • 1.1K
    SHARES
  • ‘अखण्ड भारत’ नक्साबारे भारतको जवाफ- राजनीतिक रूपले हेर्नु हुँदैन (पूर्णपाठ)

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नक्सा राजनीतिक नक्सा नभएको बताएका छन् ।

    images

    बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भारत भ्रमणका क्रममा आफूले ‘अखण्ड भारत’ नक्साबारे गम्भीर रुपले कुरा राखेको बताएका हुन् ।

    सो क्रममा उनले उक्त नक्सा राजनीतिक विषय नभएको पनि बताए । ‘संसद्को नक्साबारे कुरा भयो । मैले गम्भीर रुपले नै किनकि त्यो धेरै अध्ययन त भइसकेको थिएन । तर, पनि जसरी मिडियामा आएको थियो त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ,’ उनले भने ।

    जवाफमा आफूले उक्त नक्सा ऐतिहासिक र सांस्कृतिक नक्सा रहेको उत्तर पाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘यो कुनै राजनीतिक नक्सा होइन ।

    यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने जवाफ उहाँहरुको थियो,’ उनले भने ।

     

     

     

     

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology