Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेमा एकछत्र राज गर्दै आइरहेका ओली पुनः एकपटक अध्यक्ष बन्ने रणनीतिमा

एमालेमा एकछत्र राज गर्दै आइरहेका ओली पुनः एकपटक अध्यक्ष बन्ने रणनीतिमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०८० बिहिवार • ०९:५२:०५ बजे
  • 523
    SHARES
  • एमालेमा एकछत्र राज गर्दै आइरहेका ओली पुनः एकपटक अध्यक्ष बन्ने रणनीतिमा

    नेकपा एमालेले केन्द्रीय कमिटीको उमेरहद हटाएको छ । यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७० वर्ष तोकिएको थियो ।

    images

    २०७१ वैशाखमा सम्पन्न एमालेको नवौँ महाधिवेशनले विधान संशोधन गरी केन्द्रीय सदस्यका लागि ७० वर्ष उमेरहदको विधानमा व्यवस्था गरेका थियो । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न सचिवालय बैठकबाट उक्त उमेरहद हटाउने निर्णय गराएका छन् । यसले एमालेमा भएका शीर्ष नेताहरुको राजनीति जोगिने भएको छ ।

    यसअघि ओलीले झलनाथ खनाललाई संसदीय दलको नेता र माधव नेपाललाई पार्टी अध्यक्षमा पराजित गर्ने क्रममा भनेका थिए– ‘एक व्यक्ति, एक पद’ र एक कार्यकालभन्दा बढी पार्टीको नेतृत्वमा रहन्नँ ।’ यो प्रस्ताव ओली आफैले गरेका थिए । तर, ‘एक व्यक्ति एक पद’ को मान्यताविपरीत उनी पार्टी अध्यक्ष र लगत्तै प्रधानमन्त्री बने ।

    त्यसपछि उनी एमालेको दसौँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष बने । माधव र झलनाथजस्ता शीर्ष नेताहरुको बहिर्गमनपछि एमालेमा एकछत्र राज गर्दै आइरहेका ओली पुनः एकपटक अध्यक्ष बन्ने यात्रामा निस्केका छन् ।

    उनले ‘आजीवन अध्यक्ष’ बन्ने चाहानामै ७० वर्षे प्रावधान हटाउने प्रस्ताव केन्द्रीय र सचिवालय बैठकमा गरेका थिए । नेताहरु आजीवन पार्टी र राजकीय जिम्मेवारीमा रहँदा युवा पुस्ता नेतृत्वको अवसरबाट बञ्चित हुने गुनासोे बढेपछि पार्टी कमिटीमा ७० वर्षे उमेर हदको व्यवस्था गरिएको थियो ।

    त्यसबेला वामदेव गौतम, मुकुन्द न्यौपाने लगायतका नेताहरुले विरोध जनाएका थिए । तर अहिले तीनै वामदेव र न्यौपानेलाई पार्टीमा ल्याउन भन्दै ओलीले ७० वर्षे प्रावधान निलम्बन गर्ने निर्णय गराएका हुन् । तर, गौतमलाई देखाएर गराएको यो निर्णयबाट सबैभन्दा बढी लाभ भने ओलीले पाउनेछन् । यो निर्णयका कारण ओली कम्तीमा १८ वर्ष र बढीमा आजीवन पार्टीको नेतृत्वमा रहनेछन् । हाल एमालेको अध्यक्ष रहेका ओलीको कार्यकाल अझै ३ वर्ष बाँकी छ ।

    अघिल्लो वर्ष भएको विधान महाधिवेशनबाट ओलीले ७० वर्ष पुगे पनि नेतृत्वबाट हट्नु नपर्ने प्रावधान राखिएको थियो । सोही निर्णय अनुसार उनले अध्यक्षमा निरन्तरता पाएका थिए । प्रत्येक पाँच वर्षमा महाधिवेशन हुने वैधानिक प्रावधान अनुसार एमालेको एघारौँ महाधिवेशन विसं २०८३ मा हुनेछ । ओली अहिले ७२ वर्ष पुगिसकेका छन् । एघारौँ महाधिवेशनका बेला ओली ७५ वर्ष पुगिसकेका हुनेछन् । तर, विधानमा ७० वर्षे प्रावधान नै पूर्णरुपमा हटाइने भएपछि तीन वर्षपछि हुने एघारौँ महाविधेशनका बेला ७५ वर्षीय ओलीलाई अध्यक्षमा प्रतिस्पर्धा गर्न वैधानिक बन्देज हुने छैन् ।

    वामदेव गौतमलाई देखाए पनि खासमा नेतृत्वमा रहिरहने आफ्नो सहजताका लागि ओलीले ७० वर्षे प्रावधान हटाएका हुन् । तर, ओलीको उक्त निर्णयले दोस्रो पुस्ताका नेता नेतृत्वको अवसरबाट बञ्चित हुने सम्भावना रहन्छ । यदि ७० वर्षे उमेर हद कायम राख्ने हो भने एमालेका पदाधिकारी तहका धेरै शीर्ष नेताहरु राजनीतिबाट रिटायर्ड हुनेछन् ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा (बादल) र भीम रावल लगायतले २०८३ को महाधिवेशनबाट रिटायर्ड हुनुपर्नेछ । तर, ७० वर्षे उमेरहद निलम्बन गरिएको अवस्थामा उनीहरुको राजनीति जोगिने भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology