Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ प्रतितोला १ हजारले घट्यो

सुनको भाउ प्रतितोला १ हजारले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०८० बिहिवार • १३:१६:४५ बजे
  • 652
    SHARES
  • सुनको भाउ प्रतितोला १ हजारले घट्यो

    नेपाली बजारमा आज (बिहिबार) पहेँलो धातु सुनको भाउ घटेको छ । आज सुनको भाउ बुधबारको तुलनामा एक हजार रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंगले जनाएको छ ।

    images

    यससँगै, आज छापावाल सुनको भाउ तोलामा १ लाख ११ हजार ७ सय र तेजाबी सुनको भाउ तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको महासंघले जनाएको छ ।

    हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ ।

    महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो यसको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।

  • सम्बन्धित विषय:

  • # १ हजारले घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology