Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नागरिकता विधेयकको विपक्षमा छैनौं:रवि लामिछाने

नागरिकता विधेयकको विपक्षमा छैनौं:रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०८० बिहिवार • १३:५६:०४ बजे
  • 715
    SHARES
  • नागरिकता विधेयकको विपक्षमा छैनौं:रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो ।

    त्यस विषयमा स्पष्टीकरण दिँदै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए ।

    सदनमा छलफलमा ल्याएको भए विधेयकमाथि छलफल गरेर केही योगदान गर्ने र स्वामित्व लिन पाइने भनाइ आफूहरुको रहेको लामिछानेले बताए ।

    बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले भने, ‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ ।’

    उनले आफूहरुलाई राजनीतिको कुनै सरोकार नहुँदा र भोट बैंकको आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितको विषयमा आफूहरु मधेशी जनताको पक्षमा उभिएको बताए । ‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ ।

    साँच्चै नै छ’ रविले भने, ‘जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ ।’

    नागरिकता विधेयकमा रहेको एकल आमाले सन्तानलाई नागरिकता दिन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था महिलामाथि विभेदकारी रहेको लामिछानेले बताए ।

    ‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं । त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं,’ उनले भने, ‘गलत बाटोबाट गएको हुनाले विरोध जनाएका हौं ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology