Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विनोद चौधरीले ‘जब पर्‍यो राती, तब बुढी ताती’ भनेपछि...

विनोद चौधरीले ‘जब पर्‍यो राती, तब बुढी ताती’ भनेपछि...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०८० बिहिवार • १४:२०:५९ बजे
  • 721
    SHARES
  • विनोद चौधरीले ‘जब पर्‍यो राती, तब बुढी ताती’ भनेपछि...

    नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्ने क्रममा आपत्तिजनक शब्द बोलेको भन्दै उनको भ्वाइस संसदको रेकर्डबाट हटाइएको छ ।

    images

    बिहीवार बजेटमाथिको छलफलमा बोल्ने क्रममा उनले नेपाली उखान ‘जब प¥यो राती तब बुढी ताती’ भन्ने शब्द प्रयोग गरेपछि एमाले सांसद दिपा शर्माले नियमापत्ति जनाइन् ।

    सांसद चौधरीले लिखित रुपमा ल्याएको मन्तव्य पढिरहेका बेला महिला सांसदले एक्कासि नियमापत्ति जनाउँदै उठेपछि सांसद चौधरीले चकित परेर चस्मा फुकाल्दै महिला सांसदतिर हेरेका थिए ।

    सांसद शर्माले प्रतिनिधिसभा नियमावलीको २१ को ‘घ’ मा संसदमा कसैलाई अपमान गर्न नपाइने लेखेको बताउँदै उखानलाई लिएर जहिले पनि नेपाली महिलामाथि आक्रमण गर्ने गरिएको बताइन् ।

    उनले भनिन्– ‘यो कुरा कहिलेदेखि अन्त्य हुन्छ म सोध्न चाहन्छु । जहिलेपनि उखान टुक्का गर्दा महिलामाथि नै यो सदनमा बोलिनुपर्ने ? कहिलेदेखि नेपालको यो समाजलाई सुसंस्कृत, समान खालको बनाउने ? यो शब्द आपत्तिजनक छ । जब ‘पर्यो राती अनि बुढी ताती’ भन्ने उखान धेरै माननीयज्यूका मुखबाट सुनिरहेका छौँ ।

    आजको दिनदेखि कुनैपनि माननीय सांसदहरुले विगतमा महिलामाथि बोलिने त्यस्ता शब्द नबोल्न आग्रह गर्दछु ।’ त्यसपछि सभामुख देवराज घिमिरेले सो उखान लैङ्गिक मैत्री नभएको भन्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिए ।

    सांसद चौधरीले धान रोप्ने बेला भएपछि मात्र सरकार रासायनिक मल खोज्न हतारिने गरेको भन्दै सो सन्दर्भमा सरकारको काम ‘जब पर्यो राती तब बुढी ताती’ भन्ने उखान प्रयोग गरेका थिए । उनले त्यस्तो प्रवृतिले कहिले पनि किसानलाई खुसी राख्न नसकिने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # तब बुढी ताती’ भनेपछि...
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology