Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन कार्यकर्तालाई ओलीको निर्देशन

आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन कार्यकर्तालाई ओलीको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०८० बिहिवार • १७:३६:४८ बजे
  • 769
    SHARES
  • आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सन्दर्भमा अराजक अभिव्यक्ति दिएका छन् । अध्यक्ष ओलीले कोशीमा आफ्ना कार्यकर्तामाति आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन निर्देशन दिएका छन् ।

    images

    बिहीबार पार्टी मुख्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै ओलीले कार्यकर्ताले आफ्नो रक्षा आफैंले गर्नुपर्ने परिस्थिति आएको बताउँदै यस्तो बताएका हुन् ।

    प्रदेशसभा सदस्य राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, ‘मोबिल छर्केर आगो लगाउनेसम्मको हर्कत यो राजनीति हो ?’ अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो । सरकारले यो गराइराख्या छ भने एमाले चुप लागेर बस्न सक्दैन ।

    हाम्रा कार्यकर्ताहरूको रक्षा हामी आफैंले गर्नुपर्छ ।’ कोशी प्रदेशमा भइरहेको आन्दोलनलाई सरकारकै संरक्षण रहेको उनको आरोप छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘प्रचण्ड सरकारले प्रोत्साहित गरेको छ, संरक्षण गरेको छ । यसको जवाफ दिनुपर्ने बेला आइसक्योजस्तो लाग्छ ।’

    ओलीले आफू तेह्रथुम जाँदाखेरी ढुंगामुढा गरेको बताउँदै भने, ‘तर, सरकारले केही गरेन । प्रहरीको टाउको फुट्यो, टाउको कुच्चियो । सबै हुँदा पनि प्रहरीलाई केही नगर्नु भनेको छ ।’

    ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाति–जातिको राज्य बनाउँछु भनेर पहिल्यै विष फैलाउन खोजेको तर, नसकेपछि फरक तरिकाले अभियानलाई संरक्षण गरेको आरोप लगाए ।

    उनले भने, ‘तर, यसमा हाम्रो पार्टी किञ्चित डराउँदैन । लच्किँदैन, झुक्दैन । नो कम्प्रोपाइज । किरात प्रदेश किन राख्न खोजिएको रहेछ हामी बुझ्दैछौं नि ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology