Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन

‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०८० बिहिवार • २०:५१:१६ बजे
  • 559
    SHARES
  • ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन

    भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सा राजनीतिक विषय नभएको प्रष्ट पारेका छन् ।

    images

    भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको विषयमा नेपालमा विभिन्न खाले टिप्पणी भइरहेका बेला विदेशमन्त्री जयशंकरले यस्तो बताएका हुन् ।

    बिहीबार नयाँदिल्लीमा पत्ररकारहरुले नेपाल र बंगलादेशमा ‘अखण्ड भारत’ नक्साप्रति विरोध भइरहेको विषयमा सोधेको प्रश्नमा विदेशमन्त्री जयशंकरले छिमेकी देश नेपालले भारतको वर्णन बुझिसकेको समेत बताए । उनले अर्को देश पाकिस्तानले भने बुझ्ने हैसियत नराख्ने टिप्पणी गरे ।

    विदेशमन्त्री जयशंकरले भने, ‘मन्त्रालयका प्रवक्ताले यो नक्साले अशोका साम्राज्यको विस्तारलाई झल्काउँछ भनेर वर्णन गरिसक्नुभएको छ । मलाई लाग्दैन कि यो राजनीतिक मुद्दा हो ।

    मित्र राष्ट्रहरुले बुझिसके । पाकिस्तानले यसलाई बुझ्ने ल्याकत राख्दैन ।’ साथै, उनले ‘अखण्ड भारत’ नक्सालाई लिएर नेपालले बुझ्नुपर्ने समेत बताए । ‘हाम्रा मित्रवत छिमेकीहरुले यसलाई बुझ्नेछन् ।

    मलाई भनिएको छ कि हाम्रो वर्णनलाई उनीहरुले सह्राना गरे’ उनले भने, ‘पाकिस्तानको कुरा बिर्सिदिउँ । पाकिस्तानले बुझ्ने मेरो अपेक्षा छैन ।’

  • सम्बन्धित विषय:

  • # यो राजनीतिक विषय होइन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology