एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि संसारभर कम्तिमा २० लाख जनाले ज्यान गुमाउने चेतावनी दिएको छ ।
डब्ल्युएचओले कोरोना संक्रमणबाट जोगिनका लागि सबै देशले एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ ।
डा.रायनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि खोप र उपचारमात्रै नभएर मानविय व्यवहार महत्वपूर्ण भएको तर्क गरेका छन् । उनले सबै देशका सरकारले कोरोना नियन्त्रणका लागि विशेष सतर्कता र कडाइका सबै उपायको अवलम्वन गर्नुपर्नेमा जोड दिएका छन् ।
सन् २०१९ को अन्तिममा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमणले अहिलेसम्म झण्डै १० लाख मानिसले ज्यान गुमाइसकेका छन् । ३ करोड २५ लाख मानिस संक्रमित भइसकेका छन् ।