Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विदेशी मुद्राको सञ्चिति १५ खर्ब, ९.७ महिनाको आयात धान्ने

विदेशी मुद्राको सञ्चिति १५ खर्ब, ९.७ महिनाको आयात धान्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०८० शुक्रवार • १४:००:११ बजे
  • 643
    SHARES
  • विदेशी मुद्राको सञ्चिति  १५ खर्ब, ९.७ महिनाको आयात धान्ने

    चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यो चैत महिनासम्मको सञ्चिति भन्दा ३६ अर्ब ६० अर्ब रुपैयाँ धेरै हो ।

    images

    चैतसम्म १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो । सो रकमले ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्थ्यो ।

    १० महिना (वैशाखसम्म)को सञ्चितिले भने ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कमा उल्लेख छ ।

    २०७९ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । वैशाख २०८० सम्म आइपुग्दा सञ्चितिमा २०.९ प्रतिशत थप भएको हो ।

    अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology