Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०८० शनिवार • १२:२६:२५ बजे
  • 742
    SHARES
  • कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका

    कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको ५ हप्तापछि बालबालिका भेटिएका हुन् ।

    images

    कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् ।

    दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी, आमा र एकरएक जना पाइलट र को-पाइलट रहेका थिए । विमानका पाइलटद्वय र यी बालबालिकाको आमाको भने मृत्यु भएको थियो । यी बालबालिकाको उमेर १३, ९, ४ र एक वर्ष रहेको रोयटर्सले उल्लेख गरेको छ ।

    राष्ट्रपति पेट्रोले हप्तौंको खोजीपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुसीको क्षण भएको बताएका छन् ।

    सिंगल इन्जिनको सेसना(२०६ विमान अमाजोनस प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारे जाँदै गर्दा इन्जिन फेल भएर गत मे १ मा दुर्घटनाग्रस्त भएको थियो ।

    तीन बालिका र एक बालकका हजुरबुवा नारसिजो मुकुटुवीले उद्धारको समाचार थाहा पाएलगत्तै आफू निकै खुसी भएको रोयटर्सलाई बताएका छन् । कोलम्बियाली सेनाले सार्वजनिक गरेको तस्बिरमा सैनिकको समूहले घना जंगलको बीचमा ती बालबालिकालाई भेटेको देखिएको छ ।

    बालबालिकाले जंगलमा आफैंले आफ्नो प्रतिरक्षा गर्दै यतिका दिनसम्म बसेको पनि राष्ट्रपति पेट्रोले जानकारी दिए । उद्धारटोलीले कुकुरको सहायतमा बालबालिकालाई भेटेको हो ।

    उनीहरूले बालबालिकाले खाएर फालेको फलफूलका टुक्राहरू समेत बाटोमा भेटेका थिए । उद्धारका लागि कोलम्बियाले सेना र वायु सेनाले हेलिकप्टर र जहाजको समेत सहयोग लिएको थियो

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटनाको ४०
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology