Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै धनगढीबाट ५ जना प्रकाउ

मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै धनगढीबाट ५ जना प्रकाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०८० आइतवार • १३:३७:१५ बजे
  • 820
    SHARES
  • मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै धनगढीबाट ५ जना प्रकाउ

    मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै शुदुरपश्चिम प्रदेशसभा भवन अगाडीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै बन्द गराउँदै हिडेका बन्दकर्ताले मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै ५ जना बन्द कर्तालाई प्रहरीले धनगढीबाट प्रकाउ गरेको हो ।

    प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको गाडीमा प्रहार भएको भन्दै पक्राउ गरिएको हो । गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्ताल सुरु गरेको छ ।

    स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए ।

    गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदुरपश्चिमका नागरिक असन्तुष्ट बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # धनगढीबाट ५ जना प्रकाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology