Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माधव नेपाललाई प्रचण्डले भने- सरकारमा बसेर बजेटको विरोध नगरौँ

माधव नेपाललाई प्रचण्डले भने- सरकारमा बसेर बजेटको विरोध नगरौँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०८० सोमवार • १७:१०:३१ बजे
  • 685
    SHARES
  • माधव नेपाललाई प्रचण्डले भने- सरकारमा बसेर बजेटको विरोध नगरौँ

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान अध्यक्ष नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गरेका हुन् ।

    सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोलाएर छलफल गरेका हुन् ।

    ‘एकीकृत समाजवादी सत्ता साझेदार दल हो । मूलतः सरकारमा बसेपछि बजेटको विरोध गर्नु भएन’ बैठकमा सहभागी एक सांसदले प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘अप्ठ्यारो परिस्थितिमा जे जस्तो बजेट आयो त्यो राम्रै आएको छ ।

    यसमा सबै सहयोग गरेर जानुपर्छ ।’ आर्थिक संकट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा बताएका थिए । ‘हामीलाई धेरै विकास निर्माण र योजनामा कार्यक्रम समेट्ने इच्छा थियो ।

    आर्थिक स्थितिका बारेमा तपाईँहरू आफैँ जानकार हुनुहुन्छ । यो बेला सहयोग गरेर जानुपर्नेमा उल्टै विरोध गरे विरोधी बल पुग्ने बाहेक केही हुँदैन’, ती सांसदले भने ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology