Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत र जापानका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

भारत र जापानका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७७ शनिवार • १९:२५:१६ बजे
  • 2.1K
    SHARES
  • भारत र जापानका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

     सिन्ह्वा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।
     विज्ञप्तिका अनुसार उनीहरुबीच शुक्रबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई बधाई दिएका थिए । सुगा जापानको प्रधानमन्त्रीमा हालैमात्र निर्वाचित भएका थिए । प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई कार्यकालको सफलताको कामना गरेर बधाई ज्ञापन गरेको सो विज्ञिप्तमा जनाइएको छ ।

    images

    साथै भारत र जापानबीचको विगत लामो समयदेखिको सम्बन्ध उनको कार्यकालमा थप सुदृढ हुने धारणा प्रधानमन्त्री मोदीले राखेको पनि सो विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री सुगाको कार्यकालमा आगामी दिनमा भारत र जापान आर्थिक तथा अरु पनि धेरै क्षेत्रमा साझेदारी गरेर अघि बढ्ने विषयमा सो फोनमा कुराकानी भएको थियो ।

    त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई अहिलेको कोभिड १९ को महामारी कम भएपछि भारतको भ्रमणका लागि आमन्त्रण पनि गरेको बताइएको छ ।

    त्यस फोनवार्तामा उाीहरुबीच कोभिड १९ ले पारेको असरका बारेमा छलफल गर्दै यसको नियन्त्रण र रोकथामका लागि गरिएका कार्यहरुका बारेमा पनि आपसी अनुभव आदानप्रदान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology