Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रयोग भइसकेको कण्डम पुन बिक्री गर्ने महिला पक्राउ

प्रयोग भइसकेको कण्डम पुन बिक्री गर्ने महिला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७७ शनिवार • २०:०९:४० बजे
  • 3.1K
    SHARES
  • प्रयोग भइसकेको कण्डम पुन बिक्री गर्ने महिला पक्राउ


    तस्बीर : रोयटर्स
    एजेन्सी/
     भियतनाममा प्रयोग भइसकेको कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ परेकी छन् । उनलाई भियतनाम प्रहरीले गैरकानुनी रुपमा प्रयोग भइसकेको कण्डम पुन: बिक्री गरको आरोपमा पक्राउ गरेको हो ।

    images

    ठूलो परिमाणमा गैरकानुनी रूपमा बिक्रीका लागि राखिएको कण्डम बरामद गरिएको प्रहरीलाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ । जुन कण्डम पहिले नै प्रयोग भइसकेका छन् । स्थानीय समाचार माध्यमहरुले प्रयोग भइसकेका कण्डम पुन: बेच्नका लागि ३ लाख २० हजारको संख्यामा राखिएको बताएका छन् ।
    जो ती समाचारहरुका भिडियोमा समेत देख्न सकिन्छ । पक्राउ परेकी महिला सो कण्डम बिक्री पसलका मालिक रहेकी छन् । उनले एक गोदाममा त्यस्ता प्रकारका कण्डम भण्डारन गरेर  बिभिन्न पसलमा बेच्ने गरेको प्रहरीले पाएको सूचनाको आधारमा छापा मार्दा फेला परेको हो । जुन स्थान भियतनामको दक्षिणी बन द्युङ्ग प्रान्तमा पर्दछ ।

    पुन: प्रयोग गर्ने अवस्थामा यसरी ल्याइन्थ्याे

    पक्राउ परेकी महिलाले प्रहरी समक्ष दिएको बयानअनुसार कम्पनीले पहिला नै प्रयोग भएको कण्डम जम्मा गरेर पखालिन्थ्यो । र, तातोपानीमा उमालिन्न्थ्यो । त्यसपछि लिङ्ग आकारको काठको ठूटामा हालेर सेलाइन्थ्यो । त्यसपछि पुन नयाँ प्याकेटमा राखिन्थ्यो ।

    उनले अज्ञात व्यक्तिहरुबाट प्रयोग भइसकेको कण्डम लिने गरेको बताइएको छ । उनले यस्ता खालका कण्डम कति परिमाणमा बेचिन् भन्ने बारेमा प्रष्ट जानकारी आइनसकेको प्रहरीको भनाइ छ । यद्यपि उनले केजीको ०.१७ अमेरिकी डलरमा बेच्ने गरेको भने खुलेको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology