Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री श्रेष्ठ

माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०८० बुधवार • ११:३२:३२ बजे
  • 661
    SHARES
  • माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री श्रेष्ठ

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

    images

    पार्टी कार्यालयमा आयोजित डि आर शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै उनले माओवादीलाई जनताको पार्टी र शक्तिशाली पार्टी बनाइने बताए ।

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी पुनर्निर्माणको निर्णय गर्ने बताए । अब पार्टीमा कसैलाई काखा र पाखा नगरिने भन्दै श्रेष्ठले साझा पार्टी बनाउने अभियानमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

    सरकारले अव भ्रष्टाचारी कसैलाई नछोड्ने भन्दै उनले आफै पार्टीका नेता कार्यकर्ता भए पनि कानुनी कठघरामा उभ्याइने दाबी गरे । सरकारलाई असफल बनाउन चौतर्फी षडयन्त्र भएको भन्दै उनले षडयन्त्र चिर्दै सरकारलाई सफल बनाएरै छाड्ने प्रण गरे ।

    सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले पार्टी सङ्कटमा परेको बेला डिआर पौडेलले अग्र भागमा रहेर समाधान खोज्ने गरेको स्मरण पनि गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology