Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ग्रिसमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा ८३ जनाको मृत्यु, सयौं बेपत्ता

ग्रिसमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा ८३ जनाको मृत्यु, सयौं बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३२, २०८० बिहिवार • १०:०१:०९ बजे
  • 592
    SHARES
  • ग्रिसमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा ८३ जनाको मृत्यु, सयौं बेपत्ता

    रोम । ग्रीसको तटीय क्षेत्रमा सयौं आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । सोही समयमा दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।

    images

    मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुंगामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए ।

    राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ । सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन ।

    बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्छन्। ग्रीसका अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् । अधिकारीहरुका अनुसार डुङ्गा लिबियाको टोब्रुकबाट गएको थियो ।

    यसअघि संयुक्त राष्ट्रसंघले ग्रीसको पाइलोसमा डुङ्गा पल्टिएपछि ३२ जनाको शव निकालिएको ट्वीट गरेको थियो । खोजी र उद्धार प्रयास जारी छ र धेरै हताहत भएको आशंका छ।

    प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा ४ सय जना सवार थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले डुङ्गा डुबेको घटनालाई भयानक भएको बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology