Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी विच समाजवादी मोर्चा घोषणा हुँदै

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी विच समाजवादी मोर्चा घोषणा हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३२, २०८० बिहिवार • ११:५७:५३ बजे
  • 565
    SHARES
  • माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी विच समाजवादी मोर्चा घोषणा हुँदै

    नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने दाबी गरेका छन् ।विहिबार बिहान प्रशारित देशान्तर संवादमा बोल्दै उनले समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका हुन् ।

    images

    ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लबजीको पार्टी विच मोर्चा बन्दैछ,’ उनले भने, ‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यति ओम्नी जस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ । भ्रष्टाचारका कारण देश बर्बाद भएको छ ।

    तसर्थ सामाजिक रुपमा जागरण ल्याउने, शशक्त बनाउने, भ्रष्टाचार जस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ ।’ पार्टी निर्माण र विघटन नियमित चल्ने प्रक्रृया भएको बताउँदै नेता चौधरीले मोर्चा जनतामाझ टेष्ट पनि हुने र जनताको सुझाव अनुसार बामपंथी एकता हुँदै अगाडि बढ्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology