Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वसाधारणका लागि घोराही सिमेन्टको आइपिओ खुला

सर्वसाधारणका लागि घोराही सिमेन्टको आइपिओ खुला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३२, २०८० बिहिवार • १३:१०:५४ बजे
  • 493
    SHARES
  • सर्वसाधारणका लागि घोराही सिमेन्टको आइपिओ खुला

    घोराही सिमेन्ट इण्डष्ट्रीले आज (बिहीबार) देखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको हो ।

    images

    कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको जानकारी दिएको छ । कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सेयर बाँडफाँट गरेर बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

    उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि असार १४ गतेसम्म लम्बिनेछ ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी –आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ’मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले ’केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology