Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यसचिवमा डा अर्याल नियुक्त

मुख्यसचिवमा डा अर्याल नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३२, २०८० बिहिवार • १७:०९:०७ बजे
  • 415
    SHARES
  • मुख्यसचिवमा डा अर्याल नियुक्त
    सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । 
     
    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिनुभयो । 
     
    डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव हुनुहुन्थ्यो । 
     
    बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ । 

  • सम्बन्धित विषय:

  • # डा अर्याल नियुक्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology