Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०८० शुक्रवार • ११:४४:२६ बजे
  • 481
    SHARES
  • उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन् ।

    images

    चीनमा उपचार गराइरहेका पुन एयर चाइनाको नियमित उडानमार्फत आज (शुक्रबार) बिहान नेपाल आएका हुन् । पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएका हुन् ।

    पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

    लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनको स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो । उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो ।

    चीन जाँदा उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बिन्दुमा थियो । चार महिना महिना लामो उपचारपछि स्वदेश फर्किएका पुन तन्दुरुस्त देखिएका छन् ।

  • सम्बन्धित विषय:

  • # फर्किए वर्षमान पुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology