Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०८० शुक्रवार • १३:४३:५६ बजे
  • 619
    SHARES
  • समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

    नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बिहान बसेको पार्टीको सचिवालय बैठकले माओवादीसहितले घोषणा गर्न लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।

    images

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताए ।

    उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने बताए ।

    संसद् र संसदबाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आम जनतालाई दिने सेवा सुविधा दिन दबाब दिनेगरी मोर्चा घोषणा गर्न लागिएको उनको भनाई थियो ।

    समाजवादी मोर्चामा अहिलेसम्म नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुने भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology