Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी मोर्चामा समेटिन बाबुराम सकारात्मक

समाजवादी मोर्चामा समेटिन बाबुराम सकारात्मक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०८० शुक्रवार • १३:४९:३१ बजे
  • 610
    SHARES
  • समाजवादी मोर्चामा समेटिन बाबुराम सकारात्मक

    नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणमा समेटिन सकारात्मक रहेको बताएका छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डलाई आज बिहान भेटेर फर्किएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बाबुरामले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र संगठनात्मक विधि निर्माणमा लाग्ने बताए ।

    ‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसी, लगायतका शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो’ बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भयो ।’

    समाजवादी मोर्चाका विषयमा बाहिर चलेका हल्लामा नबग्न बाबुरामले सबैमा आग्रह गरेका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्रसहित, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् ।

    प्रचण्डलाई बाबुरामले भेटेपछि मोर्चामा समेटिने बताएका छन् । अब वामदेव गौतमलाई मात्रै मोर्चामा समेट्ने गरी नेताहरु लागि परेका छन् ।

  • सम्बन्धित विषय:

  • # बाबुराम सकारात्मक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology