Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८० शनिवार • ०९:५४:३० बजे
  • 493
    SHARES
  • राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

    स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

    images

    मुटुमा समस्या देखिएपछि पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो ।

    अस्पताल स्रोतका अनुसार उनलाई ‘भीआईपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ । राष्ट्रपति कार्यालयले भने यसबारे औपचारिक जानकारी दिएको छैन ।

    उनी गत मंगलबार सहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एक दिन अस्पताल भर्ना भएर राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए ।

  • सम्बन्धित विषय:

  • # अस्पताल भर्ना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology