Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुनै हालतमा बजेट पास हुन दिँदैनौँ : सुवास नेम्बाङ

कुनै हालतमा बजेट पास हुन दिँदैनौँ : सुवास नेम्बाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८० शनिवार • १६:५५:४६ बजे
  • 889
    SHARES
  • कुनै हालतमा बजेट पास हुन दिँदैनौँ : सुवास नेम्बाङ

    नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् । बजेट भेदभावपूर्ण रहेको भन्दै उनले कुनै हालतमा पास हुन नदिने बताएका हुन् ।

    images

    शनिबार पार्टीको मधेस प्रदेशसभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर आएका पूर्वसभामुखसमेत रहेका नेम्बाङले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेदभावपूर्ण रूपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताए ।

    सरकारले दुई दिनपछि अनिवार्य अवकाशमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाउने र कार्यकाल बाँकी रहेका मुख्यसचिवलाई पदबाट राजीनामा दिन बाध्य बनाउने काम गरेको भन्दै त्यसको आलोचना गरे ।

    ‘आइतबार सचिवको म्याद सकिन्छ भन्ने व्यक्ति ३ दिनअघि मुख्यसचिव हुनुभयो । मुख्यसचिवको पद खालि थिएन । मुख्यसचिवमा काम गरिरहेका व्यक्ति उहाँको अझै तीन महिना म्याद थियो’ नेम्बाङले भने, ‘तर अचानक उहाँलाई राजीनामा गराइयो । सरकारले खेलो फड्को गरेर मुख्यसचिवमा नयाँ नियुक्ति ग¥यो ।’

    उपाध्यक्ष नेम्वाङले नागरिकता पाउनुपर्ने वास्तविक व्यक्तिहरूले नागरिकता पाउन ढिलाइ गर्नु नहुने बताए । नागरिकताको विषय टुंगोमा पु¥याउने नाममा संविधान र नियमभन्दा पर जान नहुने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # सुवास नेम्बाङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology