Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लिभिङ टुगेदर चलेकै छ त, समाजवादी मोर्चा किन चाहियो :केपी ओली

लिभिङ टुगेदर चलेकै छ त, समाजवादी मोर्चा किन चाहियो :केपी ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८० शनिवार • १७:०१:४७ बजे
  • 1.0K
    SHARES
  • लिभिङ टुगेदर चलेकै छ त, समाजवादी मोर्चा किन चाहियो :केपी ओली

    नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको ‘समाजवादी मोर्चा’लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘लिभिङ टुगेदर’को संज्ञा दिएका छन् ।

    images

    शनिबार नवप्रवेशीहरुलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउने मोर्चाको उद्देश्य भएको दावी गर्दै भने, ‘त्यो बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हुन सँगै हिँडेका छन् ।

    लिभिङ टुगेदर त चलेकै छ, तिनीहरूको । अनि मोर्चा के चाहियो ?’ उनले कांग्रेसलाई तर्साउन मात्र ‘समाजवादी मोर्चा’ गठन गरिएको चर्चा भइरहेको समेत टिप्पणी गरे ।

    ‘गठबन्धनले मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे । समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन् । एक एमालेसँग मुकाबला गर्ने र अर्को कांग्रेसलाई तर्साउने’ अध्यक्ष ओलीले भने, ‘कांग्रेसलाई समाजवादी मोर्चा बनाऊँ त ? भनेर तर्साउनका लागि मात्रै गठन हुने मोर्चा बनाएर के हुन्छ ?’ अध्यक्ष ओलीले आफू कहिल्यै झुटो नबोल्ने पनि दावी गरे ।

    आफ्नो ५६ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको उनले बताउँदै भने, ‘एमालेले सहि आरोप लगाउँदा विपक्षीहरुलाई भने रिस उठ्छ ।’

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology