Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनु पर्छ : मन्त्री किराती

पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनु पर्छ : मन्त्री किराती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८० शनिवार • १७:०२:५४ बजे
  • 1.1K
    SHARES
  • पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनु पर्छ : मन्त्री किराती

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताएका छन् ।

    images

    नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आयोजना गरेको ‘ललितपुर पत्रकारिता’ विमोचन कार्यक्रममा मन्त्री किरातीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताए

    । ‘नयाँ जहाज किन्ने तयारी भइरहेको छ । घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ’, उनले भने । जहाज उडानका लागि विभिन्न नयाँ रुटका विषयमा कुराकानी भइरहेको मन्त्री किरातीले बताए ।

    ‘कनेक्सन फ्लाइटबाट विदेशबाट आउनेलाई सिधै गन्तव्यमा जाने व्यवस्था गर्न लागेका छौँ’, उनले भने । सञ्चारकर्मीले असत्य कुरा मात्र प्रचारप्रसारमा बढी ध्यान दिएको उल्लेख गर्दै मन्त्री किरातीले त्यसतर्फ सचेत हुन सबैमा आग्रह गरे ।

    आफूले गरेको कामका बारेमा गलत प्रचार भइरहेको उनले गुनासो गरे । पत्रकारिता क्षेत्रलाई थप मजबुद बनाउन आफ्नो क्षेत्रबाट तदारुकताका साथ लाग्ने मन्त्री किरातीले प्रतिबद्धता व्यक्त गरे ।

    पत्रकारिता क्षेत्रमा विभिन्न समस्या देखिएकाले त्यसलाई सुधार गर्न आवश्यक भएको उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # मन्त्री किराती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology