Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसदमा प्रेमिकाको यौनांग चुम्ने सांसदले हंगामा भएपछि राजीनामा दिनुपर्यो (भिडियोसहित)

संसदमा प्रेमिकाको यौनांग चुम्ने सांसदले हंगामा भएपछि राजीनामा दिनुपर्यो (भिडियोसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७७ आइतवार • १०:४८:३७ बजे
  • 2.0K
    SHARES
  • संसदमा प्रेमिकाको यौनांग चुम्ने सांसदले हंगामा भएपछि  राजीनामा दिनुपर्यो  (भिडियोसहित)

    एजेनसी । कोरोना संक्रमणको महामारीका कारण धेरै कामहरु भर्चुअल अर्थात अनलाइन प्रविधिबाट भैरहेका छन । विभिन्न कार्यक्रमहरु भर्चुअल प्रविधिबाटै आयोजना गर्ने क्रम बढ्दो छ । तर यसबाट केही विकृतिहरु पनि बढेका छन ।

    images
    कम्प्युटरमा जडित क्यामेराकै अगाडि मानिसहरु आपत्तिजनक अवस्थामा देखिने र रेकर्ड हुने अवस्था सिर्जना हु्ँदा विकृति बढेको हो । यस्तै एउटा घटना अर्जेन्टिनामा भएको छ ।

    अर्जेन्टिनका एक सांसद जुआन एमिलियो अनलाइनमा गरिएको संसदको बहसमा सहभागी भैरहेका थिए । त्यसबेला उनलाई आफ्नी प्रेमिकाको स्तनको टुप्पोमा चुम्बन गरेको देखियो । यो घटनालाई आम नागरिकले सरकारको युट्युब च्यानलमा प्रशारण भैरहेको देखे ।

    यो भर्चुअल बहसको प्रत्यक्ष प्रशारण संसदमा रहेको टेलिभिजन स्क्रिनमा पनि भैरहेको थियो । यो घटनापछि सांसद जुआनले माफी माग्दै आफ्नो सफाई दिएका थिए । तर संसदमा हंगामा सुरु भएपछि उनले राजीनामा दिनुपर्यो ।

    जुआनले आफ्नो सफाइका क्रममा इन्टरनेटको जडानमा खराबीका कारण यस्तो घटना भएको बताएका छन । जुआनले भने, “उनको हालै मात्र स्तनको अप्रेसन भएको थियो । उनी कोठा भित्र पस्ने बेला संसदको मिटिङ सकिएर क्यामेरा बन्द भए जस्तो मलाई लागेको थियो । त्यसपछि मैले अप्रेशन गरिएको ठाउँ हेरेको हुँ ।”

    अर्जेन्टिनी कंग्रेसको तल्लो सदनले यस खाले गैर जिम्मेवारपूर्ण घटनालाई स्विकार्न नसकिने भन्दै जुआन एमिलियोलाई पदबाट हटाइएको जनाएको छ । तल्लो सदनका अध्यक्ष सर्जियो मस्साले आदेश दिएपछि जुआन गत विहीबार राजीनामा दिन बाध्य भएको डेलीमेलले जनाएको छ ।

    यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । संसदीय बहस चलिरहेका बेला सांसद जुआन एमिलियोकी प्रेमिका उनको काखमा बसेको भिडियोमा देख्न सकिन्छ ।

    भिडियोः डेलीमेल 

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology