Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी

समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०८० आइतवार • ११:५०:३८ बजे
  • 718
    SHARES
  • समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी

    सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन् ।

    images

    भोलि असार ४ गते समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका दलका शीर्ष नेताहरु आज बिहान बालुवाटारमा छलफलमा जुटेका हुन् । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा सहभागी हुने गरी बालुवाटारमा छलफल भइरहेको छ।

    उनीहरुबीचको छलफल पश्चात समाजवादी मोर्चा मोडालिटी र घोषणालाई अन्तिम रुप दिइने बालुवाटार स्रोतले जनाएको छ ।

    बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी रहेको बताइएको छ ।

    नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लव पनि बालुवाटार जाँदैछन् । कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेको छ । यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको हो ।

    ​ मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि सहभागी गराउने भनिए पनि बैठकमा बोलाइएको छैन्।

    असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भने पनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको थिएन। भोलि असार ४ गते सोमबार मोर्चा घोषणा गर्न दलहरु अन्तिम तयारीमा जुटेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology