Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कालीमाटी सडकमा फ्याँकियो टमाटर

कालीमाटी सडकमा फ्याँकियो टमाटर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०८० आइतवार • १३:१६:४१ बजे
  • 544
    SHARES
  • कालीमाटी सडकमा फ्याँकियो टमाटर

    किसान र विक्रेताले कालिमाटी तरकारी बजारबाट टमाटर सडकमा फ्याकेका छन् ।

    images

    भारतबाट आयातित तरकारीका कारण स्वदेशी उत्पादनले उचित भाउ पाउन नसकेको गुनासो गर्दै आइरहेका उनीहरुले आइतबार बिहान टमाटर सहित नेपाली उत्पादनका तरकारीहरु सठकमा फ्याकेका हुन् ।

    कालीमाटी बजारमा विरोध प्रदर्शनका क्रममा उनीहरुले बजार क्षेत्रदेखि सडकसम्मै टमाटर पोखेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सरकारले भारतीय तरकारीलाई प्राथमिकतामा राखेको आरोप लगाउँदै किसानहरुले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा पनि मागेका छन ।

    भारतीय तरकारीले स्वदेशी उत्पादन मारमा परेको, नेपाली किसानको उत्पादन बिक्री नभएको र सरकार पनि रमिते भएको गुनासोसहित उनीहरुले विरोध जनाएका हुन्। नेपालमा उत्पादित तरकारीबाट लागत मूल्य उठाउन पनि गाह्रो भएको किसान र बिक्रेताको गुनासो छ ।

    किसानले टमाटर सडकमा पोखेपछि त्यसलाई हटाउन डोजर नै लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # फ्याँकियो टमाटर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology