Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले फर्किन वामदेवको सर्त- उठेदेखि नसुतेसम्म काम गर्ने जिम्मेवारी पाउनुपर्छ

एमाले फर्किन वामदेवको सर्त- उठेदेखि नसुतेसम्म काम गर्ने जिम्मेवारी पाउनुपर्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०८० आइतवार • १८:१४:२५ बजे
  • 412
    SHARES
  • एमाले फर्किन वामदेवको सर्त- उठेदेखि नसुतेसम्म काम गर्ने जिम्मेवारी पाउनुपर्छ

    नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफुले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित एमालेमा फर्किने बताएका छन् ।

    images

    आइतबार एमाले पार्टी कार्यालय च्यासलमा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दै गौतमले एकता राष्ट्रिय अभियानलाई एमालेसँग एकीकृत गराइदिन आफु तयार रहेको भन्दै यसका लागि एमालेले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने बताएका हुन् । भेटमा आवश्यक व्यवस्थापनका लागि अघि बढ्न एमाले अध्यक्ष ओलीलाई भनेको गौतमले जानकारी दिए ।

    नेता गौतमले पार्टीमा सबैभन्दा बढी जिम्मेवार प्राप्त नेताभन्दा कम जिम्मेवारी नदिनसमेत आग्रह गरेको बताए । उनले आफु बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने माग रहेको पनि बताए । गौतमले भने, ‘नेकपा एकता राष्ट्रिय अभियान भन्ने पार्टी मसँग छ । एमालेमा मसहित सबैलाई ल्याएर एकीकृत गराइदिन्छु ।

    कसरी व्यवस्थापन गराउनुहुन्छ गर्नुस् कसैलाई सोध्नुहुन्छ भने सोध्नुस् । बिहान उठेदेखि राति नसुत्दासम्म काम गर्न पाउनुपर्छ त्यस्तोखालको जिम्मेवारी दिनुस् । त्यो व्यवस्थापन भयो भने म आएर काम गर्छु भनेको छु ।’

    भेटका क्रममा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्षमा पुगिने बताएका थिए । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology