Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिक्किममा पहिरोबाट सय बढी घरमा क्षति

सिक्किममा पहिरोबाट सय बढी घरमा क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०८० सोमवार • १०:३२:११ बजे
  • 376
    SHARES
  • सिक्किममा पहिरोबाट सय बढी घरमा क्षति

    सिक्किममा भारी वर्षा र पहिरोका कारण मानिसहरू ठूलो समस्यामा परेका छन्। अविरल वर्षाका कारण पश्चिम सिक्किमका जिल्लामा पहिरोमा परी सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

    images

    अहिलेसम्म कुनै हताहतीको खबर भने नआएको प्रहरीले जनाएको छ। साथै, अविरल वर्षाले राज्यका पूर्वाधार र सम्पत्तिमा व्यापक क्षति पुगेको छ । धेरै नदीहरु खतराको निशान भन्दा माथि बगेका छन् ।

    उत्तरपूर्वी भारतमा आगामी तीन दिनसम्म भारी वर्षा र हावाहुरीका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ। उत्तरादेखि सोपखा जोड्ने सडकमा रहेका दुईवटा पुल पूर्णरुपमा बगेको समाचारमा जनाइएको छ ।

    यससँगै नजिकैका पोल्ट्री फार्महरू पनि बगेका छन् । त्यसैगरी, डेन्टमदेखि पेलिङ र ग्याल्सिङ जोड्ने सडक कालज खोलाले पूर्णरुपमा बगाएको छ । सोमबरियाको तल्लो ओखरेमा रहेको दावा सांगे शेर्पाको घर अविरल वर्षाका कारण भत्किएपछि त्यहाँ बस्ने सबैलाई सुरक्षित स्थानमा सारिएको छ ।

    रामम नदीको पानीको बहाव बढेपछि पश्चिम बङ्गाल जोड्ने सीमा क्षेत्रमा रहेका सबै अस्थायी पुलमा क्षति पुगेको छ । उत्तर सिक्किममा पहिरो र सडक अवरुद्धका कारण करिब ३,५०० पर्यटक फसेका थिए, जसलाई सेनाले उद्धार गरेको थियो।

  • सम्बन्धित विषय:

  • # सिक्किममा पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology