Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कोरोनाभाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

कोरोनाभाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७७ सोमवार • ०८:३०:५३ बजे
  • 1.3K
    SHARES
  • कोरोनाभाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

    कोरोनाभाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । गत वर्षको अन्त्यमा चीनमा पहिलोपटक देखिएको भाइरसका कारण विश्वभर संक्रमित हुने संख्या १ करोड नाघिसकेको छ ।यसमध्ये आधाभन्दा बढी संक्रमित अमेरिका र युरोपमा रहेका छन् । तर, पछिल्लो समय अमेरिकी महादेशमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । त्यस्तै, दक्षिण एसिया र अफ्रिकामा कोभिड–१९ को संक्रमण फैलिदो छ । विश्वका अन्य भागमा पनि भाइरसको संक्रमण फैलिरहेको छ । पछिल्लो ६ दिन थप १० लाख नयाँ संक्रमित फेला परेका छन् ।

    images

    हालसम्म अमेरिकामा सर्वाधिक २५ लाख संक्रमित भेटिएका छन् भने १ लाख २५ हजार बढीले ज्यान गुमाएका छन् । लकडाउन खुकुलो पारेसँगै अहिले अमेरिकाका टेक्सास र फ्लोरिडामा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

    अमेरिकापछि ब्राजिलमा सर्वाधिक १३ लाख मानिस संक्रमित रहेका छन् । त्यहाँ ५७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

    यता, चीनले आइतबारदेखि बेइजिङ नजिकै थप कडा लकडाउन लागू गरेर नयाँ संक्रमणलाई रोक्ने प्रयास थालेको छ । यता, बेलायतको लेस्टरमा संक्रमितको संख्या बढ्न थालेपछि बेलायतले पनि लकडाउन गर्ने तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology