Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

समाजवादी मोर्चा राजनीतिको नयाँ मोड : विप्लव

समाजवादी मोर्चा राजनीतिको नयाँ मोड : विप्लव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०८० सोमवार • १७:२५:२८ बजे
  • 970
    SHARES
  • समाजवादी मोर्चा राजनीतिको नयाँ मोड : विप्लव

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको समाजवादप्रतिको चाहाना पुरा गर्न समाजवादी मोर्चा नेपालको गठन भएको जनाएका छन् ।

    images

    सोमबार काठमाडौँमा आयोजित मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको चाहाना समाजवाद भएकाले सोही चाहाना पुरा गर्न चार पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा गरिएको बताएका हुन् ।

    ‘ नेपाली जनता समुन्नत, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहन्छन्, सोही उद्देश्य पुरा गर्ने मोर्चाले बोकेको छ’, विप्लवको भनाइ छ । अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको नेपाल र नेपाली जनताका सामु थुप्रै संकटहरु रहेको उनले बताए । ‘नागरिकमा छटपटी छ । जनता निराशा र आशाको दोधारमा छन् ।

    यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहानाअनुसार आजको संकटबाट पश्चगामीलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेका हौ’ विप्लवले भने, ‘नेपालको स्वाधीनता जोगाउन नयाँ लडाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड हो ।

     उनले नेपाली जनताले मुक्तिको बाटो खोज्ने भन्दै आउने भविष्य कुनैपनि साम्राज्यवादीले नभएर नेपाली जनताले सुनिश्चित गर्ने बताए । उनले अव देशको नेतृत्व देशभक्तहरुले गर्ने भन्दै देशभक्तहरुले नेतृत्व गर्न सक्ने दाबी समेत गरे ।

    युवा पुस्तालाई निराश नहुन आग्रह गर्दै विप्लवले समाजवादी मोर्चाका प्रतिविद्धतामार्फत नेपाललाई उज्यालो भविष्यतर्फ लैजाने दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # विप्लव नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology